१३ श्रावण २०८३, बुधबार
,
Latest
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ।  सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा स्थितिका सम्बन्धमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु भएको छ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधवार बिहान साढे ८ बजेदेखि बैठक शुरु भएको हो ।

सुनसरीमा हिंसात्मक गतिविधि बढेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त बैठक बोलाइएको हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूका साथै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत लगायतका शिर्ष नेताहरूको उपस्थिति रहेको छ ।

बैठकमा सुनसरीको वर्तमान अवस्थाको समीक्षा गर्दै शान्ति सुरक्षा सुदृढ तुल्याउने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ । –न्युज एजेन्सी नेपाल




भर्खरै