काठमाडौं । भारत सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिएको जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले मंगलबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निम्तो पठाइएको जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता जैसवालले भारत सरकारले प्रधानमन्त्री शाहलाई भ्रमणका लागि आमन्त्रण गरेको पुष्टि गरे। यद्यपि भ्रमणको मिति, कार्यसूची तथा अन्य विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।











