१२ श्रावण २०८३, मंगलवार
,
Latest
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी



अ+ अ-

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बुधबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गर्नुभएको हो ।

प्रशासनले महेन्द्र राजमार्गअन्तर्गत पकली चोकदेखि पश्चिम कोशी ब्यारेजको पुलसम्मको क्षेत्र र इनरुवा बजार क्षेत्रको सीमाभित्र कर्फ्यू लागू हुने जनाएको छ ।

कर्फ्यू लागू भएको क्षेत्रमा कसैलाई आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

कर्फ्यूको सीमा पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आदेशको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।