१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित



अ+ अ-

काठमाडौँ। लेबनानी सेनाले इजरायलद्वारा भइरहेका निरन्तरका आक्रमण र विद्यमान समझदारीको उल्लंघनका कारण दक्षिण लेबनानमा सेना परिचालन र विस्थापित बासिन्दाहरूको घर फिर्ती प्रक्रियामा गम्भीर अवरोध पुगेको जनाएको छ ।

सेनाद्वारा जारी विज्ञप्तिअनुसार इजरायली पक्षबाट विभिन्न क्षेत्रमा घरहरूको योजनावद्ध विनाश, गोलाबारी र मेसिनगन प्रहार भइरहेका छन् ।

यस क्रममा एक खानेपानी सुविधा केन्द्र ध्वस्त पारिएको र शताब्दीयौँ पुराना जैतुन (ओलिभ) का रूखहरूमा आगजनी गरिएको सेनाले उल्लेख गरेको छ ।

इजरायली सेनाले कफर तेबनित, नबतियाह अल–फौका र जावतार अल–गर्विया लगायतका स्थानमा लेबनानी सैन्य पोस्टहरू नजिकै गोलीबारी गरेको र यसले सेनाको कार्यसम्पादनमा व्यवधान पु¥याएको बताइएको छ ।

यद्यपि, प्रतिकूल परिस्थितिका बाबजुद सेनाले जावतार अल–गर्वियामा स्थानीयको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई घर फर्कन सहयोग गरिरहेको जनाएको छ । सेनाले लेबनानका लागि सैन्य समन्वय समूहसँगको समन्वयमा फ्रोन र सरिफा क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । एक महिनाअघि वासिङ्टनमा सम्पन्न लेबनान–इजरायल सम्झौताको पाइलट परियोजनाअन्तर्गत जावतार अल–गर्वियाका बासिन्दाहरू आफ्ना घरको अवस्था बुझ्न त्यहाँ पुगेका छन् ।

स्थानीय मारवान हरिबीकाअनुसार जावतारको आधा भाग अझै पनि कब्जामा रहेको र इजरायली सेनाले घरका विद्युतीय उपकरण र अन्य सामग्री लुटेर लगेका छन् । इजरायली सेना फिर्ता भएको दाबी गरिए पनि क्षेत्रमा अझै सैन्य सवारीसाधनहरू देखिने गरेको बताउनु भयो ।

दक्षिण लेबनानका दुई क्षेत्रमा लेबनानी सेना परिचालन गर्ने व्यवस्था गरिएको उक्त सम्झौतालाई विद्रोही समूह हिजबुल्लाहले भने अस्वीकार गरेको छ ।

हिजबुल्लाहले यो सम्झौतालाई अस्तित्वहीन भन्दै यसका प्रावधानहरूले लेबनानको सार्वभौमिकतामाथि आँच पु¥याउने तर्क गरेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल