२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैन: पूर्वसभामुख नेम्वाङ



अ+ अ-

इलाम । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताएका छन् । यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताएका हुन् ।

उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर कसैले केही गरे त्यो स्वीकार नहुने उल्लेख गरे । “अब नेपाली जनताले अधिकारका लागि लड्नु पर्दैन”, नेम्वाङले भन्नुभयो, “सबै अधिकार हाम्रो संविधानले दिइसकेको छ, सबैका भावना समेटिएको छ ।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेतासमेत रहेका नेम्वाङले सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने भन्दै त्यसबारेमा सबैले बुझ्न आवश्यक रहेको उल्लेख गरे ।संविधानको प्रस्तावनामा नै जनताले निर्माण गरेको ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलक’ लेखिएकाले पनि सबैको पहिचानलाई अपनत्व गरेको बुझ्नुपर्ने नेम्वाङले स्पष्ट पारे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले इलामको साहित्यिक महोत्सवमा ‘के गणतन्त्र खतरामा छ ?’ भन्ने शीर्षकमाथि बहस गर्दै उनले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र विपक्ष भन्न नमिल्ने बताए। उनले नेपालमा गणतन्त्रमाथि खतरा भएको बताउँदै वर्तमान सरकारले अनावश्यक आशङ्का गरेको आरोप छ भने ।

उनले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नाले गणतन्त्रको विषय प्रवेश गरेर ‘पानीमाथिको ओभानो’ हुन खोजेको शर्माले आरोप लगाए । शर्माले काङ्ग्रेस धर्मनिरपेक्षता र गणतन्त्र ल्याउन लडेको पार्टी भएकाले यसमाथि काङ्ग्रेस कटिबद्ध रहेको बताए।