१२ श्रावण २०८३, मंगलवार
,
Latest
सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन



अ+ अ-

काठमाडौँ। गण्डकी प्रदेशअन्तर्गत लमजुङ र मनाङ जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने रणनीतिक महत्वको डुम्रे–बेसीशहर–चामे सडक खण्डको अवस्था, निर्माण प्रगति तथा मर्मत–सम्भारको स्थलगत अध्ययन गर्न लमजुङ र मनाङका जनप्रतिनिधि तथा सरोकारवालाले संयुक्त निरीक्षण गरेका छन्।

निरीक्षणमा लमजुङ र मनाङका माननीय, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।

संयुक्त अनुगमनका क्रममा सडकको वर्तमान अवस्था, निर्माण प्रगति, यात्रु आवागमनमा देखिएका समस्या तथा निर्माण कार्यमा रहेका अवरोधहरूको स्थलगत मूल्याङ्कन गरिएको थियो। साथै, निर्माण कम्पनी, सम्बन्धित सरकारी निकाय र स्थानीय सरोकारवालासँग समन्वय गरी समस्या समाधानका उपायबारे छलफल गरिएको जनाइएको छ।

निरीक्षण टोलीले सडक निर्माणलाई गुणस्तरीय, सुरक्षित र दिगो बनाउँदै तोकिएको समयमै सम्पन्न गराउन आवश्यक समन्वय, नियमित अनुगमन र बजेट व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

सरोकारवालाले वर्षभरि सहज, सुरक्षित र भरपर्दो यातायात सेवा सुनिश्चित गर्दै सडक स्तरोन्नतिले लमजुङ र मनाङको पर्यटन, व्यापार, कृषि तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय नागरिकको दैनिक आवागमन सहज बनाउने र विकासका सम्भावनालाई थप विस्तार गर्ने लक्ष्यसहित सडक निर्माणलाई तीव्रता दिनुपर्नेमा समेत जोड दिइएको छ।

निरीक्षणपछि सहभागीहरूले डुम्रे–बेसीशहर–चामे सडक राष्ट्रिय महत्वको आयोजना भएकाले यसको निर्माण कार्यमा कुनै ढिलाइ हुन नदिई सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वयका साथ छिटो, गुणस्तरीय र दिगो रूपमा सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।




भर्खरै