८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
अ+ अ-

नेपालगन्ज। भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन (बीआइटी) टोली परिचालन गरिएको छ ।

सीमामा आवतजावतलाई सहज बनाउन, मानव बेचबिखन नियन्त्रण गर्न तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा उक्त विशेष टोली परिचालन गरिएको हो । देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआइटी टोली प्रत्येक स्थानमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १४ सदस्यीय रहने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरीले जनाएको छ ।

सो टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको बीआइटीको आधिकारिक पोशाकमा खटिनेछ । प्रत्येक सिफ्टमा एक महिला सशस्त्र प्रहरी कर्मचारी समेत खटिने व्यवस्था गरिएको छ ।

जमुनाह नाकामा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक  भीमबहादुर चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन बिष्ट, सीमा सुरक्षा गुल्म जमुनाहका प्रमुख प्रहरी नायब उपरीक्षक तीर्थ न्यौपाने तथा बिओपी जयसपुरका शसस्त्र प्रहरी निरीक्षक हिमाल केसीको उपस्थितिमा बीआइटी टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो ।

बीआइटी टोलीको मुख्य जिम्मेवारी सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउनुका साथै मानव बेचबिखन तथा ओसारपसारका घटनाको रोकथाम, उद्धार र सूचना सङ्कलन गर्नु हो । साथै, प्रतिबन्धित लागूऔषध, अवैध सामान तस्करी तथा अन्य सीमा अपराधमाथि निगरानी बढाई आवश्यक कारबाहीमा सहयोग गर्ने जिम्मेवारी पनि टोलीलाई दिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेका शसस्त्र प्रहरी उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

“बीआइटी टोली परिचालन सीमा नाकामा आवश्यक थियो, अब टोली परिचालनपछि सीमा नाकामा हुने हरेक गतिविधिमाथि निगरानी गर्न सजिलो हुनेछ”, शसस्त्र प्रहरी उपरीक्षक चन्दले भन्नुभयो, “यसबाट अन्तरराष्ट्रिय नाकामा हुने गरेको अवैध गतिविधिमाथि नियन्त्रण गर्न समेत सकिने छ ।”

प्रधान कार्यालयबाट प्रत्यक्ष परिचालन गरिए पनि बाँकेको जमुनाहमा बीआइटी सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरी बाँकेको समन्वय तथा निर्देशनमा परिचालन हुने छ ।

बीआइटीको परिचालनसँगै जमुनाह सीमा नाकाको सुरक्षा व्यवस्था थप प्रभावकारी हुने, अवैध गतिविधि नियन्त्रण गर्न मद्दत पुग्ने तथा सीमावर्ती क्षेत्रमा नागरिकमैत्री सुरक्षा सेवा प्रवाह अझ सुदृढ हुने विश्वास गरिएको छ ।  रासस