२४ भाद्र २०८३, बुधबार
,
Latest
लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री



अ+ अ-

तेहरान। साउदी अरब र तेहरान समर्थित हुथी विद्रोहीहरूबीच बढ्दो द्वन्द्वको कुनै सैन्य समाधान नभएको इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबारबताउनुभएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेपछि उहाँले यो भनाइ आएको हो ।

“यमन, बाब अल–मन्दाब र अन्य क्षेत्रीय मुद्दाहरूको कुनै सैन्य समाधान छैन भन्ने हाम्रो बुझाइ रहेको छ,” शनिबार इरानी दैनिक एक पत्रिकामा प्रकाशित अन्तर्वार्तामा अराघचीले भन्नुभयो । उहाँले दुवैपक्षबीच ‘संवाद’ को लागि आह्वान गर्नुभयो ।

उहाँले यमनको स्थितिलाई ‘इरानसँग जोड्न सकिँदैन’ भन्नुभयो । बाब अल–मन्दाब जलसन्धिको क्षेत्रमा भइरहेका घटनाहरू ‘यमन, साउदी अरब र त्यस क्षेत्रका देशहरूबीचका पुराना विवाद र मुद्दाहरूबाट उत्पन्न भएका’ उहाँले बताउनुभयो ।

सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घसँगको वार्ताबाट भएको युद्धविरामपछि ठूलो मात्रामा रोकिएको यमनी हुथी र साउदी अरबबीचको नवीकृत द्वन्द्व यस महिना फेरि सुरु भएको छ । तेहरान निकट हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेका छन् र ट्याङ्करहरूमाथि आक्रमणको दाबी गरेका छन् ।

यो नाकाबन्दीले साउदी अरबको विश्वमा आफ्नो आपूर्ति पु¥याउने क्षमतालाई खतरामा पारेको छ । इरानले हर्मुज जलसन्धि (साउदी अरबको एकमात्र अर्को समुद्री मार्ग) मा समानान्तर नाकाबन्दी लगाएपछि यस्तो अवस्था आएको हो।

शुक्रबार हुथीका एक प्रवक्ताले विद्रोहीहरूले बाब अल–मन्दाब जलसन्धिबाट आवागमन रोकेका छैनन् र समुद्री नाकाबन्दीले ‘केवल साउदी पक्षलाई मात्र असर गर्ने’ बताउनुभएको थियो ।  (रासस/एएफपी)