८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
अ+ अ-

गण्डकी। धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका-४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थितिमा तुलसी रोपण गरिएको हो ।

भक्तजन र शुभेच्छुकहरूबाट प्रतिमठ रु १० हजार ५०० सहयोग लिई तुलसी रोपण गरिएको मानवसेवा धाम विकास समितिका सचिव युक्तप्रसाद सुवेदीले बताउनुभयो ।

ऐतिहासिकस्थल निरयघाटलाई मानवसेवा धामका रूपमा विकास गर्न गुरूयोजना बनाएर काम सुरू गरिएको मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले बताउनुभयो । बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले निरयघाटलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले मानवसेवा आश्रमसँगको सहकार्यमा योजनाबद्ध रूपमा पर्यटन प्रवर्द्धनका काम अगाडि बढाएको बताउनुभयो ।

सोहीस्थानमा अहिले मानवसेवा आश्रमको भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ । केही दशकअघिसम्म निरयघाटमा हरिबोधनी एकादशी पर्वमा ठूलो मेला लाग्ने गरेकामा अहिले उक्त मेला लोप भइसकेको छ । नगरपालिकासहित सरोकार भएका निकायको साझा प्रयासमा सो ठाउँको महिमालाई पुनःजागृत गर्न पहल अगाडि बढेको हो । निरयघाटमा लक्ष्मीनारायण, जङ्गेश्वर महादेव मन्दिर, विभिन्न आश्रमलगायत धार्मिक महत्वका स्थल छन् ।

हरिशयनी एकादशीमा तुलसी रोपण तय गरिएपछि निरयघाटमा बिहानैदेखि भक्तालुहरूको चहलपहल बढेको थियो । कालीगण्डकी स्नानका लागि पनि भक्तजन यहाँ जाने परम्परा छ । भजनकीर्तनसहिस उल्लासमय वातावरणमा एकसाथ आठ सय मठमा तुलसी रोपण गरिएको थियो ।

हिन्दूधर्मअनुसार तुलसीलाई भगवान् विष्णुको प्रियस्वरूप तथा पवित्रताको प्रतीक मानिन्छ । घर आँगनदेखि मन्दिरसम्म तुलसी रोप्ने परम्पराले आध्यात्मिक शान्ति, धार्मिक आस्था र वातावरण संरक्षणको सन्देश दिने गरेको छ ।

हरिशयनी एकादशीदेखि चातुर्मास प्रारम्भ हुने भएकाले यस अवधिमा तुलसी रोपण, पूजाआराधना र संरक्षण गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।  रासस