८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

२४ घण्टामा विपदबाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

२४ घण्टामा विपदबाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो
अ+ अ-

काठमाडौँ। नेपालका २४ जिल्लामा २४ घण्टाको अवधिमा भएका विभिन्न २९ वटा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ९ गते बिहान १० बजे सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा (साउन ८ बिहान १० बजे देखि साउन ९ बिहान १० बजेसम्म) सर्पदंशबाट ४ जना, पहिरोबाट १ जना र ग्यास विष्फोटबाट १ जना गरी कुल ६ जनाले ज्यान गुमाएका हुन् ।

पछिल्लो २४ घण्टाको स्थितिः सर्पदंश र पहिरोको उच्च जोखिम

प्राधिकरणको विवरणअनुसार गत २४ घण्टामा सर्पदंशका ११ घटना भएका छन् । जसबाट ७ जिल्ला प्रभावित भएका छन् । सर्पदंशका कारण ४ जनाको निधन भएको छ भने ७ जना घाइते भएका छन्। सर्पदंशका घाइते तथा नियन्त्रणका लागि नेपाल प्रहरीका ४५ जना जनशक्ति परिचालन गरिएको छ । यसैगरी, ७ जिल्लामा ८ वटा पहिरोका घटना भएका छन् ।

पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पहिरो क्षेत्रबाट १ जनाको सकुशल उद्धार गरिएको छ र उद्धार तथा मार्ग खोल्न ३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ग्यास विष्फोटको एक घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । सात जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै आगलागीका घटना ४ जिल्लामा ४ वटा घटना भएका छन् । कुनै पनि मानवीय क्षति भएको नभएको र २० प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीको एउटा र अविरल वर्षाका दुई वटा घटनामा कुनै मानवीय क्षति भएको छैन । तर सडक अवरोध र क्षति पुगेको छ । लेक लाग्ने १ घटनामा १ घाइते र जनावर आक्रमणको १ घटनामा १ जना घाइते भएका छन् ।

२४ घण्टे भौतिक क्षति र प्रहरी परिचालन

विपद्का कारण २४ घण्टामा ६ वटा प्रमुख सडक मार्गहरु अवरुद्ध भएका छन् भने ९ पशु चौपायाको क्षति भएको छ । अनुमानित ६ लाख ५० हजार बराबरको आर्थिक क्षति भएको छ । विपद् व्यवस्थापन र उद्धार कार्यका लागि देशभर कुल १ सय २८ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

वैशाख १ देखि साउन ९ सम्मको मौसमी क्षतिः १८३ जनाको निधन

२०८३ को वैशाख १ गतेदेखि साउन ९ गतेसम्मको अवधिमा मुलुकभर कुल ३ हजार ७ सय ४० वटा विपद्का घटना भएका छन् । यस अवधिमा विपद्का कारण १ सय ८३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन् । यस्तै १ हजार ७६ जना घाइते भएका छन् भने ४ हजार ८ सय ८ परिवार प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् ।

सर्पदंश, चट्याङ र आगलागीबाट सबैभन्दा धेरै क्षति

वैशाख १ देखि साउन ९ गतेसम्मको तथ्याङ्क विश्लेषण गर्दा सर्पदंश, चट्याङका तथा आगलागीका घटना धेरै छन् । सर्पदंशका ६ सय ७ घटनामा ५२ जनाको ज्यान गएको छ भने ५ सय ५९ जना घाइते भएका छन् ।

त्यस्तै सर्पदंशबाट ६ सय ८ परिवार प्रभावित भएको छ ।  चट्याङका २ सय ३० घटनामा २५ जनाको मृत्यु र १ सय ३० जना घाइते भएका छन् । यसबाट २ सय ७६ परिवार प्रभावित छ । लेक लागेका ५६ घटनामा २१ जनाको मृत्यु भएको छ । यसबाट ५५ परिवार प्रभावित छ । त्यस्तै यस अवधिमा आगलागीका ९ सय ६२ घटनामा १८ जनाको मृत्यु भएको छ ।

१ हजार ५१ परिवार प्रभावित हुँदा १ सय २३ जना घाइते भएका छन् । जनावर आक्रमणका २ सय ६ घटनामा १७ जनाको मृत्यु र १ सय १५ जना घाइते भएका छन् । जनावरको आक्रमणबाट ३ सय १६ परिवार प्रभावित भएका छन् । पहिरोका ६ सय ३ घटनामा १४ जनाको मृत्यु, १ जना बेपत्ता र २३ जना घाइते भएका छन् ।

पहिरोबाट ४ सय ७० परिवार प्रभावित छ । त्यस्तै बाढीका १ सय ८८ घटनामा १३ जनाको मृत्यु, २ जना बेपत्ता र १० जना घाइते भएका छन् । बाढीबाट ४ सय ३३ परिवार प्रभावित बनेको छ । त्यस्तै हावाहुरीका ४ सय ७९ घटनामा १३ जनाको ज्यान गएको छ भने १ हजार ३ सय ५७ परिवार प्रभावित हुँदा ६८ जना घाइते छन् ।

डुङ्गा पल्टिएको १ घटनामा २ जनाको मृत्यु भएको छ । वन डढेलोका १ सय ९१ घटनामा १ मृत्यु र २२ परिवार प्रभावित भएको छ । हिउँ पहिरो (१ मृत्यु), विष्फोटन (१ मृत्यु), भारी वर्षा (४ मृत्यु) र अन्य घटनामा १ जनाको निधन भएको छ ।

प्राधिकरणको पूर्वशतर्कता र आकस्मिक सम्पर्क

तराई तथा भित्री मधेसमा गर्मी र वर्षाका कारण सर्पको जोखिम अत्यधिक बढेकाले राति टोर्च लाइट प्रयोग गर्न, घर वरिपरी सरसफाई राख्न र सर्पले टोकेमा झाँक्री वा जडीबुटी नगरी तत्काल नजिकैको सर्पदंश उपचार केन्द्रमा जान गृह मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ । पहिरो तथा बाढी प्रभावित जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा पूर्वसूचना लिई शतर्कता अपनाउन भनिएको छ ।

विपद्का घटना, सडक अवरोध र उद्धारका लागि प्राधिकरणका आधिकारिक सूचना च्यानलहरु तथा नजिकैको प्रहरी चौकीमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ । –न्युज एजेन्सी नेपाल