९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

मिस नेपाल २०२६ मा प्रतिमा खड्काको दरिलो दाबेदारी, मानसिक स्वास्थ्य र मौलिक ज्ञानलाई बनाइन् मुख्य एजेन्डा

मिस नेपाल २०२६ मा प्रतिमा खड्काको दरिलो दाबेदारी, मानसिक स्वास्थ्य र मौलिक ज्ञानलाई बनाइन् मुख्य एजेन्डा
अ अ+ अ-

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी नम्बर १४ प्रतिमा खड्काले मानसिक स्वास्थ्य, मौलिक ज्ञान, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै प्रतियोगितामा दरिलो दाबेदारी प्रस्तुत गरेकी छन्।

अष्ट्रेलियाबाट समुदाय सेवामा स्नातक र सामाजिक कार्यमा स्नातकोत्तर अध्ययन पूरा गरेकी खड्कासँग बहुसांस्कृतिक समुदायसँग काम गरेको अनुभव छ। उनले अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालको मौलिक ज्ञान, संस्कृति र जीवनदर्शनसँग जोडेर दिगो सामाजिक परिवर्तन सम्भव रहेको बताएकी छन्।

सन् २०१६ देखि ‘आर्ट अफ लिभिङ फाउन्डेसन’मा स्वयंसेवकका रूपमा सक्रिय रहेकी तथा ‘दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया’ (न्यू साउथ वेल्स) की राज्य सचिवसमेत रहेकी खड्काले मानसिक स्वास्थ्यलाई उपचारमा मात्र सीमित नराखी मानसिक कल्याणसम्बन्धी शिक्षा विद्यालय तहदेखि नै प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। उनका अनुसार भावना व्यवस्थापन, तनाव नियन्त्रण र भावनात्मक सुदृढीकरणसम्बन्धी जीवनोपयोगी सीप शिक्षाको अभिन्न हिस्सा बन्नुपर्छ।

खड्काले नेपालको प्राचीन दर्शन, योग, ध्यान, सचेत श्वासप्रश्वास र माइन्डफुलनेसजस्ता अभ्यासलाई वैज्ञानिक र व्यवहारिक रूपमा नयाँ पुस्तासँग जोड्नुपर्नेमा जोड दिएकी छन्। विश्वले खोजिरहेका मानसिक र आध्यात्मिक समस्याको समाधान नेपालको संस्कृति र जीवनदर्शनमै निहित रहेको उनको विश्वास छ।

मानसिक कल्याणसँगै जलवायु परिवर्तन र वातावरण संरक्षणप्रति पनि उनले विशेष चासो व्यक्त गरेकी छन्। कृषि र प्राकृतिक स्रोतमा निर्भर नेपालको सन्दर्भमा वातावरण संरक्षण, खाद्य सुरक्षा र जनजीविकालाई सँगसँगै अघि बढाउनुपर्ने उनको धारणा छ।

प्रतिमा खड्काले मिस नेपालको मञ्चलाई केवल सौन्दर्य प्रतियोगिताका रूपमा नभई उद्देश्य, सेवा र सामाजिक परिवर्तनको अभियानका रूपमा उपयोग गर्दै भावनात्मक रूपमा सक्षम, सामाजिक रूपमा जिम्मेवार, वातावरणप्रति सचेत र मौलिक मूल्यप्रति गर्व गर्ने नयाँ पुस्ताको निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएकी छन्। साथै, नेपाललाई विश्वसामु करुणा, सचेत जीवनशैली र प्राचीन ज्ञानको मार्गदर्शन गर्ने राष्ट्रका रूपमा स्थापित गर्ने आफ्नो दीर्घकालीन सपना रहेको उनले बताएकी छन्।