४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह

जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जैविक कृषिको प्रवर्द्धन, उत्पादन र निर्यातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा नेपाल अग्र्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँगको छलफलका क्रममा प्रधानमन्त्री साहले जैविक कृषि उत्पादनको प्रवर्द्धन र विस्तारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल अग्र्यानिक संघका अध्यक्ष दीपक बास्कोटाले जानकारी दिनुभयो ।

अध्यक्ष बास्कोटाका अनुसार छलफलमा जैविक कृषि प्रवर्द्धनका लागि जैविक मलमा अनुदान उपलब्ध गराउनुपर्ने, अग्र्यानिक उत्पादनको प्रमाणीकरण प्रक्रिया सहज बनाउनुपर्ने तथा निर्यातमा दिइँदै आएको अनुदान पुनः उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरूले राखेका थिए । माग सम्बोधन गर्न प्रधानमन्त्री साह सकारात्मक देखिनुभएको र आवश्यक प्रक्रिया अघि बढाउन सचिवालयलाई निर्देशनसमेत दिनुभएको उहाँले बताउनुभयो ।

अध्यक्ष बास्कोटाले अग्र्यानिक चियाको उत्पादन तथा निर्यातमा देखिएका चुनौती र नीतिगत सुधारको आवश्यकताबारे प्रधानमन्त्रीसमक्ष लिखित सुझावसमेत पेस गरिएको जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री साहले अग्र्यानिक चियाको अन्तर्राष्ट्रिय बजार पर्याप्त रहेकाले उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्ने गरी सरकारले काम गर्ने बताउनुभएको उहाँले उल्लेख गर्नुभयो ।

हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनालीले रासायनिक मलसरह जैविक मलमा पनि अनुदान उपलब्ध गराउनुपर्ने माग राखिएको बताउनुभयो । अग्र्यानिक प्रमाणीकरण प्रक्रिया निकै खर्चिलो रहेको भन्दै उहाँले त्यसमा अनुदानको व्यवस्था गर्नुपर्ने, रोकिएको निर्यात अनुदान पुनः उपलब्ध गराउनुपर्ने तथा नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त जैविक प्रमाणीकरण संस्था स्थापना गर्नुपर्ने माग राखिएको जानकारी दिनुभयो ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण सेवा उपलब्ध नहुँदा भारत, अमेरिका, जर्मनी र अस्ट्रेलियालगायतका मुलुकबाट प्रमाणीकरण गराउनुपर्ने अवस्था रहेको र यसले व्यवसायीलाई थप आर्थिक भार परेको उहाँले बताउनुभयो । समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रधानमन्त्री साहले निर्देशन दिएको उहाँको भनाइ छ ।

त्यस्तै, गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाईंले नेपाली अग्र्यानिक चियाले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिष्ठा कायम राख्दै आए पनि विगतमा सरकारले आवश्यक सहयोग नगरेको गुनासो गर्नुभयो । सरकारले उत्पादनको परिणामभन्दा लगानी र खर्चलाई बढी प्राथमिकता दिने गरेको उहाँको भनाइ थियो ।

उहाँले गोर्खा टी स्टेटबाट आफूले विभिन्न मुलुकमा चिया निर्यात गर्दै आएको उल्लेख गर्दै नेपाल प्राकृतिक तथा जैविक उत्पादनका लागि सम्भावनायुक्त मुलुक भएकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

छलफलपछि व्यवसायीहरूले प्रधानमन्त्री साहसँगको भेटले आफूहरूमा सकारात्मक ऊर्जा थपिएको बताएका छन् । नेपालको प्राकृतिक तथा जैविक उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सरकारले आवश्यक सहयोग गर्ने विश्वाससमेत उनीहरूले व्यक्त गरेका छन् ।