२३ भाद्र २०८३, मंगलवार
,
Latest
जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण



अ+ अ-

बागमती। बागमती प्रदेशमा गत आर्थिक वर्ष ४४ सडक पुल निर्माण सम्पन्न भएका छन् ।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिनुभयो ।

मन्त्रालयअन्तर्गत सोही अवधिमा १३६.६६ किमी ग्राभेल सडक स्तरोन्नति, २३१.३१ किमी कालोपत्रे÷ढलान सडक निर्माण, छवटा झोलुङ्गे (पैदलयात्री पुल), १७ सरकारी भवन, १०२सामुदायिक भवन, ९४० विभिन्न कार्यक्रममार्फत आवस निर्माणसँगै १७ वटा उद्यान निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गत ४१ रुग्ण आयोजनामध्ये सातवटा सम्पन्न भइसकेको छ भने २३ वटाको निर्माण कार्य सुचारु गराई कार्यासम्पादनमा तीव्रता ल्याइएको छ ।

बाँकी निर्माण कार्यको लागि ११ को सुचारु ग्र्न आवश्यक समन्वय भइरहेको र चार आयोजनामा हर्जाना लगाइ कारबाही गरिएको मन्त्रालयले जनाएको छ । रासस