६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन



अ+ अ-

काठमाडौं । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन भएको हो ।

आव २०८२/८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ रु दुई अर्ब ५५ कारेड सात लाख ३० हजार, आयकरतर्फ रु दुई अर्ब छ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब २८ करोड ४० लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।

यस्तै ब्याजकरतर्फ रु सात करोड ७८ लाख तीन हजार, बहालकरतर्फ रु पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ रु चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रमुख गुप्ताले बताउनुभयो ।

कार्यालयले अघिल्लो आव २०८१/८२ मा रु चार अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु चार अर्ब ९० करोड सङ्कलन गरेको थियो । प्रमुख गुप्ताका अनुसार आव २०८२/८३ मा रु छ अर्ब ८५ करोड ७२ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो ।

सो कार्यालयमा व्यक्तिगत र व्यावसायिक लगायत गरी एक लाख ७३ हजार नौ सय ६८ करदाता रहेका छन् । करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख गुप्ताले बताउनुभयो ।