६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक



अ+ अ-

काठमाडाैँ । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला हुवावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ ।

कम्पनीले आज यहाँ आयोजित कार्यक्रममा ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ (इएसएस) सार्वजनिक गरेको हो । कम्पनीका अनुसार फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा (पीभी) ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएको विकसित डिजिटल प्रणाली हो ।

यसले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको प्रयोगमार्फत सौर्य ऊर्जा उत्पादनको दक्षता बढाउने, सञ्चालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत् उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । त्यसैगरी लुटेर्रा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली (ईएसएस)ले उत्पादन भएको विद्युत् आवश्यकताअनुसार भण्डारण गर्ने, माग बढेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत् प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

नवीकरणीय ऊर्जाको उत्पादन मौसमअनुसार घटबढ हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी भएको कम्पनीको भनाइ छ । नेपालमा जलविद्युत्सँगै सौर्य ऊर्जा प्रवर्द्धनको प्रयास भइरहेका बेला विद्युत् प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्त्वपूर्ण मानिएको छ ।

विशेषगरी सौर्य ऊर्जा उत्पादन दिनको समयमा केन्द्रित हुने र मागको समय फरक हुने भएकाले ऊर्जा भण्डारण प्रणालीले विद्युत् व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल उद्योग परिसङ्घ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डे, हुवावे डिजिटल पावर साउथ एसियाका निर्देशक यु जियानलोङ, हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन तथा हुवावे नेपाल डिजिटल पावरका निर्देशक रोहितचन्द्र शाहलगायत ऊर्जा विकासकर्ता र नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालाको सहभागिता थियो । रासस




भर्खरै