२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत



फाइल फोटो
अ+ अ-

काठमाडौं । देशभर बर्डफ्लूको प्रभाव कम भएसँगै अण्डाको मूल्य बढेको छ।

नेपाल लेयर्स कुखुरापालक संघले चितवनमा सोमबार बसेको भौतिक तथा भर्चुअल बैठकपछि देशभरका अण्डा उत्पादकको राय, परामर्श र सिफारिसका आधारमा साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य निर्धारण गरेको हो।

संघका अनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रतिक्रेट रु ५१५, ठूलो अण्डाको रु ५००, मिडियम अण्डाको रु ४७० तथा सानो अण्डाको रु २,९०० प्रति पेटी कायम गरिएको छ। उपभोक्ता मूल्य प्रतिगोटा रु २५ तोकिएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार पछिल्लो समय काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा बर्डफ्लूको प्रभाव समाप्त भइसकेपछि अण्डाको माग बढ्न थालेको छ। यससँगै उत्पादनमा आएको कमीका कारण बजार मूल्य पनि वृद्धि भएको उनले बताए।

हाल केही समयअघि बर्डफ्लूका कारण बजार खस्किँदा निराश बनेका अण्डा उत्पादक किसानहरू बढ्दो माग र मूल्यका कारण राहत महसुस गर्न थालेका छन्। संघले निर्धारण गरेको नयाँ मूल्यअनुसार कारोबार गर्न सबै सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।