४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमै उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक तथा कपडा उद्योगको विकास र प्रवद्र्धनमा सरकारले प्राथमिकता दिएको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास र विस्तारका लागि सरकारले आवश्यक सबै किसिमको सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको हो।

छलफलका क्रममा संघका पदाधिकारीले राखेको मागअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहने गरी ‘टेक्सटाइल एन्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठनको प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभयो। उक्त परिषद् गठन भएपछि स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवद्र्धन तथा आयात व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।

यस्तै, निजी क्षेत्रका रुग्ण तयारी पोसाक उद्योगलाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न पनि प्रधानमन्त्री शाहले उद्योग मन्त्रालयलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री शाहले निःशुल्क व्यापार सम्झौता (एफटीए) तथा वैदेशिक लगानी (एफडीआई) भित्र्याउन तत्काल काम अघि बढाउन निर्देशन दिनुभयो। अमेरिकामा तयारी पोसाकलगायत वस्तुको निर्यातमा देखिएका समस्या र परीक्षण प्रमाणीकरणको अभावका कारण रोकिएको बजार खुलाउन आवश्यक पहल गर्न उहाँले परराष्ट्र मन्त्रालयलाई समेत निर्देशन दिनुभएको छ।

‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ को अवधारणा कार्यान्वयन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत सरकारले ध्यान दिने प्रधानमन्त्री शाहले बताउनुभयो।

छलफलमा ‘ग्रिन गार्मेन्ट भिलेज’ सम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रममा समावेश भए पनि बजेट विनियोजन नभएको विषय उठेपछि प्रधानमन्त्री शाहले उपयुक्त स्थानमा जग्गा पहिचान गर्न संघका प्रतिनिधिलाई आग्रह गर्नुभयो। उहाँले आवश्यक बजेट उपलब्ध गराउने आश्वासनसमेत दिनुभयो।

नेपालमा विगतमा निर्यातको आधारमा आयात गर्ने अभ्यास रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले त्यसबारे पुनः अध्ययन गरी आवश्यक कार्य अघि बढाउन तयारी पोसाक उद्योगका पदाधिकारीलाई आग्रह गर्नुभयो।

नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री शाहले त्यसका लागि तयारी पोसाक उद्योगले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। तयारी पोसाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ तथा अन्य सामग्रीसमेत स्वदेशमै उत्पादन गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो।

छलफलमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनुहुन्थ्यो।