२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलस्रोत संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विधेयकमाथि सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको छलफलमा मन्त्री श्रेष्ठले बढ्दो प्रदूषणका कारण जलस्रोत नष्ट हुँदै गएकाले त्यसलाई रोक्न कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले जल संरक्षणका लागि कानुन निर्माणसँगै जनचेतना अभिवृद्धिलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उद्योग तथा स्थानीय तहबाट उत्पादन हुने विभिन्न प्रकारका फोहोर नदी तथा नालामा फाल्ने प्रवृत्तिले जलस्रोत संरक्षणमा थप चुनौती सिर्जना गरेको उहाँको भनाइ थियो ।

मन्त्री श्रेष्ठले मधेस प्रदेशको सिरसिया नदी प्रदूषित हुँदा स्थानीयवासीले पालेका गाईवस्तु मर्नुका साथै कृषि उत्पादनमा समेत नकारात्मक असर परेको उल्लेख गर्नुभयो । जल संरक्षणमा समुदायको सहभागिता बढाउन प्रोत्साहनस्वरूप पुरस्कारको व्यवस्था गर्ने प्रस्तावसमेत विधेयकमा गरिएको उहाँले जानकारी दिनुभयो ।

सरकारको नीतिअनुसार फोहोरबाट ऊर्जा उत्पादन गर्ने ‘पाइलट परियोजना’ कार्यान्वयनको तयारी भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । केन्द्रमा परियोजना प्रभावकारी भए प्रदेश हुँदै स्थानीय तहसम्म विस्तार गर्ने सरकारको योजना रहेको उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “हामीले नदी–नाला फोहोर बनाएका छौँ अनि पानी छैन भनेर पनि भनिरहेका छौँ । मधेसको सिरसिया नदीको अवस्था हेर्ने हो भने उद्योगहरूले प्रदूषित बनाउँदा स्थानीयवासीले पालेका गाईवस्तु मर्ने र कृषि खेतीमा समेत असर पर्ने अवस्था छ ।”

उहाँले सरकारको कानुन, नीति र बजेटले मात्रै जल संरक्षण सम्भव नहुने भन्दै नागरिकमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । जल संरक्षणमा प्रभावकारी काम गर्ने समुदायलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

प्रदेश सांसदका रूपमा समेत काम गरेको अनुभवका आधारमा प्रदेश सरकारलाई काम गर्न असहज भएका नीतिगत समस्या आफूलाई जानकारी रहेको भन्दै मन्त्री श्रेष्ठले त्यस्ता समस्या विधेयकमार्फत सम्बोधन गर्ने प्रयास भइरहेको बताउनुभयो । प्रदेश र स्थानीय तहका समस्या तथा सुझावलाई विधेयकमा समेट्न बाँकी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री श्रेष्ठले जलस्रोत संरक्षणका लागि तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयको विकल्प नरहेको बताउनुभयो । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको प्रवद्र्धन, विकास र विस्तार गर्दै दिगो ऊर्जामा नागरिकको पहुँच बढाउने उद्देश्यका साथ सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।