२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट कार्यान्वयनको रोडम्याप तय गर्न अर्थमन्त्री वाग्लेको सचिवहरूसँग बैठक



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गर्नुभएको छ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार सुरु भएको बैठक अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा भइरहेको हो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा बजेट कार्यान्वयनसँग सम्बन्धित विभिन्न मन्त्रालयका सचिव एवं प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा पूर्वाधार, उद्योग–वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटका कार्यक्रम समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, मन्त्रालयबीच समन्वय सुदृढ बनाउने तथा कार्यान्वयनमा देखिन सक्ने चुनौतीहरूको समाधानका उपायबारे छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।