५ श्रावण २०८३, मंगलवार
,
Latest
वर्षा रोकिएपछि फेवातालमा बढे पर्यटक (फोटो फिचर) गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकमा इरानी ड्रोनको अवशेष निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु



अ+ अ-

काठमाडौँ। उत्तर इराकमा खसालिएको एक इरानी ‘वन–वे’ अट्याक ड्रोनको विस्फोट नभएको गोलाबारुदलाई नियन्त्रित रूपमा निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले आईतवार विज्ञप्ति जारी गर्दै शनिबार भएको यस घटनाको पुष्टि गरेको हो । सेन्टकमकाअनुसार सोही अभियानका क्रममा अर्का एक सैनिक सामान्य घाइते भएका छन् ।

उनको हाल स्वास्थ्योपचार भइरहेको जनाइएको छ । यसैबीच, जोर्डनमा शुक्रवार भएको इरानी आक्रमणपछि बेपत्ता भएका एक सैनिकको खोजीका क्रममा अमेरिकी सैन्य टोलीले आइतबार अज्ञात मानव अवशेष फेला पारेको छ ।

उक्त आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको र एकजना बेपत्ता भएको जानकारी सेन्टकमले शनिबार नै सार्वजनिक गरेको थियो । फेला पारिएको अवशेषको पहिचानका लागि हाल परीक्षण प्रक्रिया जारी रहेको सेन्टकमले उल्लेख गरेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल