४ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल आवश्यक



TOPSHOT – France’s forward #10 Kylian Mbappe celebrates scoring his team’s first goal during the 2026 World Cup football tournament third-place match between France and England at the Miami Stadium in Miami on July 18, 2026. (Photo by CHANDAN KHANNA / AFP)
अ+ अ-

न्यूयोर्क। फिफा विश्व कप २०२६ मा गोलको नयाँ रेकर्ड बनेका छन् । शनिबार रातिको खृलबाट फ्रान्सका अग्र पङ्तीका किलियन एम्बाप्पेले २२ गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड आफ्नो नाममा दर्ता गर्नुभएको छ ।

अर्जेन्टिनाका लियोनल मेसी २१ गोलसहित उहाँको ठीक पछाडि हुनुहुन्छ तर उहाँले फाइनलको एक खेल खेल्न अझै बाँकी छ । फाइनल दुवै खेलाडीको रेकर्ड चर्चाको केन्द्र बनेको छ ।

फिफा विश्वकप सन् १९३० देखि नै विश्वका महान फुटबल खेलाडीहरूको सबैभन्दा ठूलो मञ्च रहँदै आएको छ । यस प्रतियोगितामा धेरै दिग्गजले गोलबाट इतिहास रचेका छन्, तर २०२६ विश्वकपले गोल रेकर्डको तस्बिर पूरै बदलिदिएको छ ।

लामो समयसम्म १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोजलाई यो बर्षको खेलमा पहिले मेसी र पछि एम्बाप्पेले उछिनेका छन्। मेसीले एक पटक फेरि एम्बाप्पेलाई पछाडि पार्न सम्भव छ वा एम्बाप्पेले यस शीर्षकमा जादुमयी फुटबलर मेसीलाई उछिन्नुहुनेछ नेपाली समय अनुसार आइतबार राती १२ः४५ बजे सुरु हुने विश्वकप फाइनलअघि सबैको ध्यान यो कुरामा छ ।

सर्वाधिक गोलकर्ता एम्बाप्पे

फ्रान्सका स्टार स्ट्राइकर एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै आफ्नो कुल गोल सङ्ख्या २२ पु¥याउनुभएको छ । उहाँले २०१८ मा चार गोल, सन् २०२२ मा आठ गोल र सन् २०२६ मा १० गोल गर्नुभएको छ । उल्लेखनीय कुरा के छ भने उहाँले यो उपलब्धि मात्र २२ खेलमा हासिल गर्दै अहिलेसम्म विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्नुभएको छ ।

मेसीलाई फाइनलमा रेकर्ड फर्काउने मौका

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले छ वटा विश्वकप खेल्नुभएको छ र ३३ खेलमा २१ गोल गर्नुभएको छ । सन् २०२६ को संस्करणमा उहाँले आठ गोल गर्दै क्लोजको रेकर्ड तोडेर अग्रस्थान लिनुभएको थियो तर एम्बाप्पेले पछि उनीहरूलाई उछिन्नुभएको छ। अब स्पेनविरुद्धको फाइनलमा मेसीसँग फेरि नम्बर–१ बन्ने सुनौलो अवसर छ। उहाँलाई यसका लागि दुई गोल चाहिन्छ ।

क्लोज र ब्राजिलका रोनाल्डो क्रमशः तेस्रो र चौथो स्थानमा

जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित तेस्रो स्थानमा झर्नुभएको छ भने ब्राजिलका महान स्ट्राइकर रोनाल्डो नाजारियो १५ गोलसहित चौथो स्थानमा हुनुहुन्छ ।

इङ्ल्याण्डका ह्यारी केन, जर्मनीका गर्ड म्युलर र फ्रान्सका जस्ट फोन्टेन पनि विश्वकप खेल इतिहासमा धेरै गोलकर्तामध्येको सूचीमा रहनुभएको छ ।

इङ्ल्यान्डका कप्तान ह्यारी केन र पश्चिम जर्मनीका गर्ड म्युलर १४ गोलसहित संयुक्त पाँचौं स्थानमा रहेका छन् । फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ मा एकै विश्वकपमा १३ गोलको रेकर्ड बनाउनुभएको थियो । यो रेकर्ड अहिलेसम्म कायम छ ।

अब सबैको ध्यान स्पेन र अर्जेन्टिनाबीच हुने फाइनलमा छ। यदि मेसीले यो फाइनलमा दुई वा सोभन्दा बढी गोल गर्नुभयो भने उहाँ एम्बाप्पेलाई पछाडि पारेर फेरि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सक्नुहुनेछ । (रासस/एएफपी)