१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादव स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण समपन्न गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ ।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गर्नुभयो । सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग भेटवार्ता गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुभएको थियो ।

उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो । रासस