२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस महामन्त्री कोइरालाले गरे खास कुरा, कार्यकर्तामा खुशियाली



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा उहाँले काङ्ग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “काङ्ग्रेस गुटरहित र एकढिक्का भए अर्को निर्वाचनमा कसैले हराउन सक्दैन”, उहाँले भन्नुभयो । महामन्त्री कोइरालाले वर्तमान सरकारले मुलुकलाई सङ्कटमा पार्न खोजेको आरोप लगाउनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले नागरिक स्वतन्त्रतालाई हनन गर्न खोजेको बताउनुभयो । “ज्ञानेन्द्र शाही नागरिक हुन्, उनको जुनसुकै ठाउँमा हिँड्ने र बोल्ने अधिकार सरकारले कुण्ठित गरेको छ”, उहाँले भन्नुभयो । वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उहाँको आरोप थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले वर्तमान सरकारले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सरकारले पूरा गर्न नसकेको उहाँको भनाइ थियो । काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले दुई चरणको जागरण अभियानले पार्टी कार्यकर्तामा ऊर्जा थपिए पनि गुटउपगुट अन्त्य भएमात्र पार्टी बलियो हुने बताउनुभयो ।