८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

व्यावसायिक तरकारीखेती गर्ने किसानलाई अनुदान

व्यावसायिक तरकारीखेती गर्ने किसानलाई अनुदान
अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक तरकारीखेती र पशुपालन गरेका किसानलाई रु २५ लाखभन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ ।

नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रममार्फत एक सय १६ जना किसानलाई रु २५ लाख ६९ हजार नौ सय ८३ अनुदान वितरण गरेको हो । ५९ जना तरकारी खेती गरेका किसानलाई रु १३ लाख ४९ हजार नौ सय ८३, ३८ जना बाख्रा तथा २८ जना गाईभैँसीपालक किसानलाई रु १२ लाख २० हजार अनुदान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु १५ लाख, तरकारीमा रु १० लाख र मासुमा रु सात लाख ५० हजार बजेट विनियोजन भएको थियो । पशु सेवा शाखामा परेको ६६ आवेदनमध्ये स्थलगत अनुगमनपछि ५७ वटा व्यावसायिक फार्म छनोट भएका थिए । न्यूनतम रु १३ हजारदेखि अधिकतम रु ४५ हजारसम्म अनुदान उपलब्ध गराइएको पशु चिकित्सक डा सुदीप पौडेलले बताउनुभयो ।

तरकारीतर्फ कृषि शाखामा ६३ वटा आवेदन परेकामा ५९ किसान तथा कृषक समूह छनोट भएका थिए । काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, अकबरे खुर्सानी, मूला, गाजर, प्याज र लसुन उत्पादन गर्ने किसानलाई खेती गरिएको क्षेत्रफल र बिक्री भएको उत्पादनका आधारमा अनुदान प्रदान गरिएको कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो ।

थोरै नगद प्राप्त भए पनि यो कार्यक्रमले मिहिनेत गर्ने किसानलाई प्रत्यक्ष लाभ पुगेको बेनी नगरपालिका–१ रत्नेचौरका निरबहादुर थापाले बताउनुभयो । “उत्पादनका आधारमा अनुदान दिँदा वास्तविक किसान छुट्दैनन्”, उहाँले भन्नुभयो, “साना किसानलाई व्यवसाय विस्तार गर्ने आत्मविश्वास बढेको छ ।”

आव २०८०÷०८१ देखि गाईभँैसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि तरकारीखेती गर्ने किसानलाई पनि उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

“किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ”, उहाँले भन्नुभयो, “सझौला र साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ ।”

कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक उद्यमी गरी चार वर्गमा विभाजन गरेको छ । वर्गअनुसार रु १५ हजारदेखि ४५ हजारसम्म अनुदान उपलब्ध गराइन्छ । यसका लागि दूध उत्पादन, बाख्रापालन वा तरकारी उत्पादन तथा बिक्रीका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर–८ कालीपुलमा कृषि बजार सञ्चालनको तयारी गरेको छ । रासस