• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’ ★   ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन: राप्रपा सांसद कार्की ★   राष्ट्रिय ललितकला प्रदर्शनी: तीस हजार बढीले अवलोकन गरे ★   युरो कप आजदेखि सुरु, जर्मनी र स्कटल्यान्ड भिड्दै ★   फिस्लिङ दुर्घटना अपडेट: उपचारका क्रममा चालकको मृत्यु ★   काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ: प्रेम सुवाल ★   पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ: सांसद सिंह ★   दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र ★   सन्दीपको आगमनले थप बल मिलेको छ – कप्तान पौडेल ★   असार महिनाका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर

तरुण महासचिव शाहीले भने : ‘खै कहाँ छ सरकार’



काठमाडौं । दशैको मुखमा नागरिकका दैनिक जीवन उपयोगी बस्तुहरुमा गरिएको चर्को मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम हुदा पनि सरकार मुख दर्सक बनेको नेपाल तरुण दलले आरोप लगाएको छ ।

कालोबजारी र चर्को महङी नियन्त्रणको लागि सरकारले पहल गर्नु पर्नेमा उल्टै मुख दर्सक भएर बसेको छ। सरकारको यस्तो गैरजिम्मेवार कार्यको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ। नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीद्दारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

नागरिकका दैनिक उपभोग्य बस्तुहरु माथी गरिएको मूल्य वृद्धि तत्काल फिर्ता र महङी नियन्त्रण, यात्रु हरुलाइ आआफ्नो गन्तव्यमा पुग्न सुपथ मुल्यमा थप सवारी साधनको तत्काल ब्यबस्था, दशैको अबसरमा बिभिन्न स्थानमा सुपथ मूल्य पसलको प्रबन्ध, नागढुङामा देखियको सवारी जामले गर्दा हजारौं यात्रुहरुलाई परिरहेको कठिनाइलाई तत्काल समाधान, दसै तिहारको अबसरमा तरुण युबाहरुले संचालन गर्ने विभिन्न कार्यक्रमहरुमा शान्ती सुरक्षा लगायत सहयोग गर्न बर्तमान सरकारलाई नेपाल तरुण दल जोडदार माग गर्दछ । नेपाल तरुण दलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।