१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराविरुद्ध राजधानीमा प्रदर्शन, पक्राउ गर्न माग



अ+ अ-

काठमाडौं । बलत्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। मंगलबार दिउँसो माइतीघर मण्डलमा महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै प्रदर्शन गरिएको हो।

स्वतन्त्र रूपमा जम्मा भएका प्रदर्शनकारीले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै महरालाई पक्राउ गर्नुपर्ने माग गरेका हुन्।

महरामाथि चौतर्फी दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका छन्।