१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, दुई घाइते



अ+ अ-

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ राङसीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

गएराति परेको अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले ६० वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार राति सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा उनको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार मृतककी ४० वर्षीया छोरी मेनुका शाह (थापा) र सात वर्षीया नातिनी टिका थापा सामान्य घाइते भएका छन्। स्थानीयवासी र प्रहरी टोलीले उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ।