७ असार २०८३, आईतवार
,
Latest
अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि खरीदका लागि बजेट नहुँदा कारागार कैदीबन्दीलाई समस्या



अ+ अ-

भद्रपुर । झापा कारागारका कैदीबन्दीका लागि औषधि खरीदमा पर्याप्त बजेट नहुँदा समस्या भएको छ । कारागार प्रमुख राजेन्द्रका अनुसार अढाई सय क्षमताको कारागारमा हाल पुरुष एक हजार २८ र महिला ९२ गरी एक हजार १२० कैदीबन्दी छन् । सानो ठाउँमा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यताले प्रायः दैनिक १० भन्दा बढी बिरामी हुने गरेका छन् ।

कारागारमा दमका रोगी, मुटुरोगी, एचआइभीका बिरामी पनि छन् । यति धेरै कैदीबन्दी रहेको कारागारमा सरकारले औषधि उपचार खर्चका लागि चालू आर्थिक वर्षमा रु १३ लाख मात्र बजेट विनियोजन गरेको प्रमुख निरौलाको भनाइ छ । “यो बजेटले छ महीना पनि धान्दैन”, उनले भने, “साँघुरो बसाइँ, फोहरमैलालगायतका कारण उनीहरु बिरामी नभएको दिन नै हुँदैन ।”

उनले गत वर्ष सरकारले रु १८ लाख बजेट विनियोजन गरे पनि खर्च रु २० लाख भएको बताए । चालू आव २०७६÷७७ मा पठाएको रु १३ लाख खर्चबाट गत वर्षको रु दुई लाख औषधिको बक्यौता तिरेको र बाँकी रहेको रु ११ लाखले मुस्किले छ महीना मात्र पुग्ने उहाँले जानकारी दिए ।

कैदीबन्दीमा प्रायःजसो छाला र भाइरल फिबरको समस्या भएको बताउँदै उनले भने, “दुई सय बढीमा यो समस्या थियो, स्वास्थ्य कार्यालय झापा, भद्रपुर नगरपालिकाको औषधि सहयोग र ओमसाइ पाथीभरा अस्पतालको प्र्राविधिक सहयोगमा केही न्यूनीकरण भएको छ ।” विभिन्न परिबन्दमा परेर कैदी जीवन बिताइरहेकालाई पाथीभरा अस्पतालको विशेषज्ञ चिकित्सकको टोलीले महीनामा एकपटक कारागारमा आएर निःशुल्क स्वास्थ्य जाँच गरेर सहयोग गरिरहेको उनले बताए ।




भर्खरै