७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवपार्वती पानी उद्योगमा शिलबन्दी



अ+ अ-

उर्मिला यादव यात्री, सुनवल । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर २ मा रहेको शिव पार्वती पानी उद्योगमा शिलबन्दी गरीएको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ बमोजिम पुरा गर्नु पर्ने मापदण्ड पुरा नगरी संचालन गरेकोले शिलबन्दी गरीएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रशासकिय अधिकृत सागर केसीको नेतृत्वमा गएको बजार अनुगमन टोलीले उद्योगमा शिलबन्दी गरेको हो । यस्तै गरी बजार अनुगमन टोलीले बर्दघाट नगरपालिकाको जिमिरेभार देखि प्रतापपुर गाउपालिकाको बिभिन्न बजार क्षेत्रमा अनुगमन गरेको छ । जसमा खाद्य तथा पेय पदार्थ अन्र्तगतका दुध डेरी १, मिठाइ पसल २ , पानी उद्योग १ र ८ वटा खाद्य तथा किराना पसलहरुमा अनुगमन गरेको छ ।

त्यस्तै गरी बजार अनुगमन टोलीले खाद्य तथा किराना पसलहरुमा लेबल नभएका र म्याद गुज्रिएका सामानहरु बरामद गरी मुचुल्का बनाइ नष्ट गर्ने प्रकियाको लागी ल्याएको जनाएको छ भने ओम मिष्ठान्न भण्डार प्रतापपुर २ लाइ सात दिन भित्र किचनको भौतिक अवस्थामा सुधार गरी सो को जानकारी जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा पेश गर्न निर्देशन दिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रशासकिय अधिकृत सागर केसीको संयोजकत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक , घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी, उपभोत्ता हित संरक्षण मंच नवलपरासी, जिल्ला प्रहरी कार्यालय नवलपरासी , पत्रकार , तथा सम्बन्धित स्थानिय तहका प्रतिनिधीहरुको संयुक्त अनुगमन टोलीले मंगलबार जिल्लाको बिभिन्न स्थानमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।




भर्खरै