७ असार २०८३, आईतवार
,
Latest
अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ नोट बाँड्न सुरु गरेको पाँच दिनमा साटियो ८ अर्ब



अ+ अ-

काठमाडौं । दसैंका लागि भनेर नयाँ नोट बाँड्न सुरु गरेको ५ दिनमा ८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ। राष्ट्र बैंकले असोज १० गतेदेखि मंगलबार बेलुकासम्ममा ८ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट साटिएको हो।

खासगरी बडादसैं पर्वमा साना दरका नयाँ तथा सुकिला नोटको माग उच्च हुने र दसैंमा ठूलाबडाबाट आसिर्वादसँगै दक्षिणा दिने चलन छ भने यसरी दिइने दक्षिणामा सकभर नयाँ नोट प्रयोग गरिन्छ।

राष्ट्र बैंकले केन्द्रीय कार्यालयको मुद्रा व्यवस्थापन विभाग बालुवाटार, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नयाँ नोट सटही र वितरण गरिरहेको छ।

त्यसैगरी, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही भइरहेको छ।
यसरी साटिएका नयाँ नोटमा पाँच, दश, बीस, पचास र सय दरका नोट रहेका छन्।




भर्खरै