२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री र जापानी राजदूतबीच भेटवार्ता



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा उहाँहरुबीच जापानी सरकारको सहयोगमा नेपालमा सञ्चालित विकाससम्बन्धी कार्यक्रमको समीक्षा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले राससलाई जानकारी दिनुभयो । प्रदेशको विकास, पर्यटनको सम्भावना र पर्यटन भ्रमण वर्ष २०२० मा जापानी पर्यटक नेपाल भित्र्याउने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

सो अवसरमा मुख्यमन्त्री भट्टले जापान सरकारबाट नेपालको विकासमा सहयोग हुँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।