२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री खतिवडा भारत प्रस्थान



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा भारत प्रस्थान गरेका छन्। मन्त्री खतिवडा अक्टोबर ३ र ४ मा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँदिल्ली गाएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले ‘दक्षिण एसियाको आर्थिक परिदृश्य’ विषयमा अतिथि वक्ताका रुपमा सम्बोधन गर्दै नेपालको विकास एजेन्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा सहभागीलाई जानकारी गराउनेछन्।

कार्यक्रमको समयमा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन्।

यस्तै विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ।

भ्रमणका अवसरमा अर्थमन्त्री डा। खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सितारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ।

उनीहरुबीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ।