काठमाडौं। सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर गम्भीर घाइते भएका पुरुषलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
केहीबेरअघि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् । घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।











