१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक निर्माण गरिने



अ+ अ-

कास्की ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको मुख्य बजारमा आधुनिक मानिएको ‘अस्फाल्ट प्रविधि’ बाट सडक कालोपत्रे गरिने बताउनुभएको छ ।

महानगरपालिका–९ कार्यालयको उद्घाटन तथा विजयादशमीको शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले पोखराको भूवनोटका आधारमा सो प्रविधि आवश्यक रहेको विश्वास व्यक्त गनुभयो । पहिलो चारण्मा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोकलगायत लेकसाइडको करीब १३ मिलोमिटर उक्त प्रविधिबाट सडक निर्माण गरिने तयारी भइरहेको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि क्रमिकरुपले विस्तार गर्दै जाने जानकारी दिनुभयो ।

पोखरामा बढी पानी पर्ने र भिरालो भूवनोट भएको कारण परम्परागत तरिकाले कालोपत्रे गर्दा टिकाउ नहुने हुँदा गण्डकी प्रदेश सरकारको रु १२ करोड र महानगरपालिकाको रु १८ करोडको लागतमा सो बाटो निर्माण गर्न लागिएको उहाँको भनाइ थियो । भौगोलिक हिसाबले मुलुककै सबैभन्दा ठूलो महानगरलाई व्यवस्थित गर्न पोख्रेलीको महत्वपूर्ण भूमिका रहनेमा जोड दिँदै प्रमुख जिसीले सेतीनदीको सुन्दरतालाई कायम राख्दै पर्यटन प्रवद्र्धन गरिने उल्लेख गर्नुभयो । सोही कार्यक्रममा प्रमुख जिसीले वडाको विभिन्न गतिविधिलाई समेटेर प्रकाशन गरिएको पाश्र्वचित्र नवौँ अङ्कको समेत लोकार्पण गर्नुभएको थियो ।

पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले सेवाग्राहीको सुविधाका लागि नयाँ कार्यालय सञ्चालन गरिएको बताउँदै कर्मचारीको सक्रियतामा वडामा डेङ्गु रोग केही हदसम्म भए पनि नियन्त्रणमा आएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य राममाया मानन्धर र सचिव लोकदर्शन कोइरालाले राजश्व सङ्कलनका आधारमा बजेट विनियोजन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।