१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरा प्रकरण : राष्ट्रिय मानवअधिकार आयोगद्वारा उच्चस्तरीय अनुगमन टोली गठन



अ+ अ-

काठमाडौं । तत्कालीन् सभामुख कृष्णबहादुर महरा र संसद सचिवालयकी कर्मचारी रोशनी शाहीबीच भएको घटनाको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाएको छ।

आयोगले शुक्रबार विज्ञप्ती प्रकाशित गर्दै आफूले घटना भएपश्चातको सञ्चार तथा सूचनाको अनुगमन गरिरहेको पनि जनाएको छ। साथै हालसम्म भएको अनुसन्धान र पीडित शाही र घटना बाहिर ल्याउने पत्रकारको सुरक्षा अवस्थाबारे पनि आयोगले प्रहरीसँग जानकारी माग गरेको विज्ञप्ती जनाएको छ ।

घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा ३ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।