२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा



अ+ अ-

भक्तपुर। प्रधानमन्त्री बालेन्द्र शाह आज भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिरको पुगी दर्शन तथा अवलोकन गर्नुभएको छ । भलभल अष्टमीको दिन उहाँ मन्दिरमा पुग्नुभएको हो ।

नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीको दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायण्ी लगेर अन्त्येष्टी गरिने परम्परा छ । सोही परम्पराअनुसार आज साँझसम्म नै नवदुर्गा देवगणले यसवर्षको अन्तिम नाच प्रर्दशन गर्ने र स्थानीयबाट पूजा जारी थियो । सोही क्रममा प्रधानमन्त्री शाह मन्दिरमा पुग्नुभएको थियो उहाँले जानकारी भयो ।

त्यस अवसरमा वनमालाले प्रधानमन्त्री शाहलाई मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व, नवदुर्गाको जात्रा, पर्वलगायतका विषयमा जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री फर्केपछि देवगणको ब्रम्हायणी यात्रा सुरु भएको थियो । आजै देवगणले लगाएको मुकुण्डो ब्रम्हायणी लगेर जलाउने प्रचलन छ । रासस