१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेट : भारतद्वारा दक्षिण अफ्रिका पराजित



अ+ अ-

विशाखापटनम । भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेट भारतले २०३ रनले जितेको छ । जितका लागि ३९५ रनको विशाल चुनौती पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन १९१ रनमै समेटिएको थियो । भारतलाई जित दिलाउन भारतीय बलर मोहम्मद शामी र रविन्द्र जडेजाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शामीले ५ तथा रविन्द्रले ४ विकेट लिएका थिए ।

तीन खेलको यस शृंखलामा भारतले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाका तर्फबाट सर्वाधिक डेन पाइडिटले ५६ तथा सेनुरान मुथुसामीले अविजित ४९ रन बनाएका थिए । यी दुईबीचको दोस्रो टेस्ट क्रिकेट आगामी अक्टोबर १० मा पुणेमा शुरु हुनेछ ।

स्कोर बोर्ड
भारत – पहिलो इनिङ – ५०२ रन, दोस्रो इनिङ ३२३ रन (जितका लागि ३९५ रनको लक्ष्य प्रस्तुत) दक्षिण अफ्रिका – पहिलो इनिङ – ४३१ रन, दोस्रो इनिङ १९१ रन (२०३ रनले पराजित)