२३ असार २०८३, मंगलवार
,
Latest
हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा नेपाल र एडीबीबीचको सहकार्य, विकास साझेदारी, पूर्वाधार, ऊर्जा तथा आर्थिक विकासका क्षेत्रमा भइरहेको सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

एडीबीका अध्यक्ष कान्डा सोमबार दिउँसो काठमाडौं आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले सोमबार नै अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपालमा एडीबीको लगानी, विकास परियोजनाको कार्यान्वयन तथा आगामी सहकार्यका विषयमा छलफल भएको थियो।

एडीबी अध्यक्ष कान्डाको नेपाल भ्रमणलाई नेपाल–एडीबी साझेदारीलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।