१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्धिखर्कमा जीप दुर्घटना ३ जनाको मृत्यु, ५ जना घाइते



अ+ अ-

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु१ज ४३२९ नम्बरको जीप अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका पाँचजनालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगीएको छ ।