१३ भाद्र २०८३, शनिबार
,
Latest
पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी कार्की अमेरिका प्रस्थान



अ+ अ-

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजना हुन लागेको पाँचौँ युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन कार्की आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । समिट यही असार २३ र २४ मा हुनेछ ।

प्रहरी महानिरीक्षक कार्कीसँगै उक्त सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल तथा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबरा पनि न्युयोर्क प्रस्थान गरेका छन् ।

महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरे ।