१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’



मुख्यमन्त्री पाण्डे – मन्तव्य अन्नपूर्ण (कास्की), २० असारः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको ‘ुगण्डकी मिडिया समिट २०८३’ को उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिरः धनबहादुर गुरुङ÷रासस
अ+ अ-

गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकीद्वारा आज पोखरामा आयोजित ‘गण्डकी प्रेस समिट’को उद्घाटन सत्रमा उहाँले सरकारको नेतृत्वमा जुनसुकै दल भए पनि प्रेसको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउनुभयो । “प्रेस जगत् स्वतन्त्र हुनुपर्छ त्यसमा दुई मत छैन, पत्रकारिता पनि सत्यतथ्यमा आधारित, विश्वसनीय र जवाफदेही हुनुपर्छ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र मूलधारको पत्रकारिताबारे नागरिकलाई पनि सुसूचित गर्नु जरुरी छ ।”

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले कमीकमजोरी गर्दा निर्धक्क भएर कलम चलाउन आग्रह गर्नुभयो । उहाँले आफू व्यक्तिगत हिसाबले पनि सँधै प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताउनुभयो ।

मिडिया समिटमा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआई’ विषयमा बहसमूलक सत्र सञ्चालन गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका अग्रज पत्रकारलाई सम्मान गरिएको थियो । सोही अवसरमा ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि विमोचन गरिएको थियो । रासस