१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसलमा आगलागी



अ+ अ-

सर्लाही । सदरमुकाम मलङ्गवामा आज बिहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविकोे सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन गरेको सिटी फुड सेन्टरमा आगलागी हुँदा रु दुई लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीबाट पसलभित्र रहेका फ्रिजलगायत सबै सरसामान जलेर नष्ट भएको प्रहरीले बताएको छ । विद्युत् चुहावट भई आज बिहान ५ः४५ बजेको समयमा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पीडित मिकरानीले आफ्नो पसलमा विद्युत चुहावट नभई अज्ञात व्यक्तिले सटरको मुनिबाट पेट्रोल हाली आगजनी गरेको दाबी गर्नु भएको छ । नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो ।