१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले सरकारको १०० दिनः वाचा र यथार्थको समीक्षासहित जारी गर्नुभएको विज्ञप्तिमा मुलुकको आर्थिक सङ्कट समाधान गर्न र विधिको शासन कायम गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।

एमालेले संविधान संशोधनका विषयमा राजनीतिक दलसँग परामर्श समेत गर्नुपर्नेमा जोड दिनुभयो । संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता–सन्तुलन मिलाउने साधन नभई जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र सार्वभौम जनादेशको दस्तावेज रहेकाले राजनीतिक दलसँगको सहमतिमा संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनमा घोषणा गरेको वाचापत्रअनुसार सरकार सञ्चालन गर्नुपर्ने बताएको छ । रासस