२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे मधेसी नेता अनभिज्ञ



अ+ अ-

काठमाडौं । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे प्रतिनिधि सभाका तेस्रो र चौथौ दलले अनभिज्ञता प्रकट गरेका छन्।

मधेस केन्द्रित दल समाजवादी पार्टी र राजपा नेपाललाई सरकारले सी भ्रमणबारे औपचारिक जानकारी नगराएको नेताहरूले बताएका छन्। सरकारमै रहेको समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव शनिबार दिउँसो सीको स्वागत गर्न विमानस्थल जाने छन् भने रात्रिभोजमा पनि सरिक हुनेछन्।

प्रधानमन्त्री केपी ओलीले बिहीबार पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीसँगको छलफलमा यादव सहभागी थिएनन्। उनी पूर्वपरराष्ट्रमन्त्री समेत हुन्। समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई भने पूर्वप्रधानमन्त्रीको हैसियतमा सहभागी भएका थिए।

राजपाका नेताले चिनियाँ राष्ट्रपतिको भ्रमणबारे पूर्ण अनभिज्ञता जनाए। परराष्ट्र मन्त्रालयले आइतबार प्रधानमन्त्रीपछि कांग्रेस सभापतिसँग सीको भेटघाट मिलाए पनि राजपा र समाजवादी पार्टीका नेतासँग समय मिलाएको छैन। केही साताअघि चिनियाँ विदेशमन्त्री आउँदा पनि नेकपा र कांग्रेस नेतासँग भेटघाट गरेका थिए।

राजपा नेपालका अध्यक्ष मण्डल सदस्य अनिल झाले आफूहरूलाई अहिलेसम्म चिनियाँ राष्ट्रपतिको भ्रमणको कुनै पनि कार्यक्रम र कार्यतालिकाबारे थाहा नभएको बताए। उनका अनुसार, न त सरकारले न त चिनियाँ पक्षले नै यात्राबारे जानकारी गराएको छ। चार वर्षअघि भएको मधेस आन्दोलनमा चिनियाँ पक्षले चासो देखाएका थिए। भारतसहित अन्य पश्चिमा देशले मधेस आन्दोलनबारे मुख खोले पनि चिनियाँ पक्षले भने कुनै टिप्पणी गरेको थिएन।

चीनबारे अध्ययन गरिरहेका अध्येता प्रमोद जयसवालले बेइजिङ मधेसबारे पूरै जानकार रहे पनि सरकारी स्तरमा मात्रै काम गर्ने भएकाले मधेसी पार्टी आझेलमा परेको बताए। उनले भने, ‘चिनियाँ पक्ष जहिले पनि सरकार टू सरकार काम गर्छ, अहिले मधेसी पार्टी बाहिर छन् त्यसैले यो भ्रमणमा मधेसी नेताको मुद्दा सोधखोज नहुन सक्छ।’

जयसवालका अनुसार मधेसी पार्टी वा मधेस नेताको पहुँच बाहिरी देशमा कम मात्र देखिएको छ। ‘भारतसँग मात्र बढी सम्बन्ध देखिनु मधेसी नेताको कमजोरी हो’, उनले भने, ‘उनीहरू काठमाडौंमा रहेको चिनियाँ दूतावाससँग समेत सम्पर्क राख्न चाहँदैनन् भन्ने बेइजिङको बुझाइ छ।’ पहिलो संविधान सभामार्फत राजनीतिक शक्तिको रूपमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले महाधिवेशनमा चिनियाँ डेलिगेसन बोलाएको थियो। अन्नपुर्णबाट ।