१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना



फाइल फोटो
अ+ अ-

दाङ। विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राज्यकोषबाट आफूलाई प्राप्तहुने तलबभत्ताबाट अक्षयकोष स्थापना गर्नुभएको छ ।

आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि रु एक लाख एक हजारको अक्षयकोष स्थापना गर्नुभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

आफूलाई मासिक रुपमा प्राप्त हुने रु ३३ हजारबाट अक्षयकोष स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष विष्टले भन्नुभयो, “ अभिभावकविहीन, विपन्न विद्यार्थी आर्थिक अभावका कारण आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष खडा गरेको हुँ ।” रासस