१५ आश्विन २०८१, मंगलवार
,
Latest
पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौं: राष्ट्रबैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी



अ+ अ-

काठमाडौँ । ललितपुर जिल्लाको जावलाखेल मैदानमा चारदिने १३औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०७६ को आयोजना हुन लागेको छ ।

नेपालमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी विसं २०५३ देखि शुरु भएको हो । फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गर्न लागेको सो मेला कात्तिक १ देखि ४ सम्म सञ्चालन हुने भएको छ । मेलाको उद्देश्य पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउनु रहेको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने अभियानका साथ शुरु हुन गइरहेको सो प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित गरी कूल ४९ कक्ष रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजूले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।

नजिक आइरहेको तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना हुन लागेको सो प्रतिस्पर्धात्मक प्रदर्शनीमा विभिन्न प्रजातिका फूल तथा फूलका बिरुवाको प्रदर्शनी तथा बिक्री वितरण गरिने भएको छ । गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने भएको छ ।

प्रतिस्पर्धामा बाहिर देशबाट माउबोटका रुपमा आयात गरी उत्पादन बिस्तार गरिएका करीब १६ नयाँ प्रजातिको गोदावरी फूलकोसमेत प्रदर्शनीमा समावेश गरिने भएको छ । मेलामा रु ५० लाखको कारोवार हुने अनुमान गरिएको छ । नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु २० करोडको फूल आयात गरेको थियो । गत वर्ष तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात भएका थिए । फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ ।

विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५÷०७६ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ । करीब ८०० फूल व्यवसायी अगाडि बढेका छन् । लगभग तीन हजार १४० रोपनीमा पुष्पखेती भएको छ भने यसबाट ४३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।