१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण



अ+ अ-

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण गरेको छ ।

बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताउनुभयो ।

“वडा कार्यालयमार्फत किसानहरूबाट माग सङ्कलन गरेर सङ्ख्या निर्धारण गरी पालिकाले विनियोजन गरेको बजेटको सीमाभित्र रहेर ठेक्का प्रतिस्पर्धाबाट मिनीटिलर खरिद गरेर वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “खेतबारी खनजोत गर्दा समयको बचत र लागत घटाउने उद्देश्यले कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।”

डिजेलबाट चल्ने ५७ र पेट्रोलबाट चल्ने २४ वटा ट्याक्टर वितरण गरिएको हो । क्षमता र गुणस्तरअनुसार ट्याक्टरको मूल्य प्रतिगोटा रु ३५ हजारदेखि रु ४८ हजारमा आपूर्ति गर्ने कबोलेका आपूर्तिकर्ता छनोट भएका थिए । तोकिएको मूल्यमा किसानले ४० प्रतिशत रकम तिरेका हुन् भने ६० प्रतिशत गाउँपालिकाले भुक्तानी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालका अनुसार यान्त्रिक हलो खरिद र वितरणका लागि मालिका गाउँपालिकाले चालु आव २०८३/८४ मा रु ३२ लाखभन्दा बढी विनियोजन गरेको थियो । गाउँपालिका र वडा कार्यालयले यान्त्रिक हलो वितरणका लागि विनियोजन गरेको बजेटलाई एकीकृत गरेर खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनीटिलरको प्रयोग बढेको छ । एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनीटिलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झन्झट हटेको किसानहरूको अनुभव छ ।

मिनीटिलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झन्झट हटेको छ । मिनीटिलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको छ । रासस