२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री हेरफेरबारे अध्यक्ष प्रचण्डले गरे यस्तो खुलासा !



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर प्रधानमन्त्री केपि शर्मा ओलीको निर्णयमा भर पर्ने बताएका छन् ।

शुक्रबार कैलालीको धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सुरुमा त मन्त्रिपरिषद् पुनर्गठनबारे आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लागेको बताए । उनले भने, ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो । उहाँले जे सोच्नुहुन्छ, त्यही हुन्छ ।’

तपाईँ पनि अध्यक्ष हो नि भन्ने प्रश्नमा उनले भने, ‘म पार्टी अध्यक्ष हो । सल्लाह त उहाँले पक्कै गर्नुहुन्छ ।’

यो जाने, त्यो आउने भनेर भएको चर्चामा भने सत्यता नभएको प्रधानमन्त्रीले आफूलाई भनेको उनले सुनाए ।