११ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम



अ+ अ-

काठमाडाैँ । महिलाहरूका लागि सवारी चालक तालिम शुरु गरिएको छ । पर्यटकहरूको सवारी चालक चलाउने दक्षता अभिवृद्धि हुनेगरी उनीहरुलाई बिहीवारबाट काठमाडाैँको बुढानीलकण्ठमा उक्त तालिम दिन शुरु गरिएको हो ।

पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलालाई पनि पर्यटकीय सवारी चालक बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक केवी शाहले बताए ।

उनले नेपालको पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा दिनका लागि महिलाहरुको योगदान महत्वपूर्ण हुनेमा आफूहरु आशावादी रहेको पनि बताए ।

परियोजना संयोजक शाहले भने, “यहाँ महिलाहरुलाई सवारी चालक तालिम दिनका लागि कार्यक्रम उद्घाटन गरेका छौ । यसमा ३८ जना महिलाहरु देशको विभिन्न भागबाट सहभागी हुन आउनुभएको छ । उहाँहरुलाई भोलीको दिनमा पर्यटकीय गाडीहरु चलाउने जव ग्यारेन्टीसहित यो तालिम संचालन गर्दैछौँ । यो दिगो पर्यटन परियोजनाको मुख्य उद्देश्य भनेको पर्यटकीय गतिविधिहरुको विस्तार गर्ने, नयाँ ठाउँहरुमा ट्रेकिङ रुटहरुको विस्तार गर्ने ३ वटा ठाउँहरु हामीले विस्तार गरेका छौँ । पश्चिममा अपि, साईपाल, मध्यमा मनास्लु एरिया र पूर्वमा कञ्चनजंगा एरिया । यहाँ पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने तालिम दिने काम त हामीले गरिरहेका छौँ । त्यसको अलवा पर्यटन क्षेत्रमा चाहिने सर्भिस सेक्टर जस्तै होटल, रेष्टरेन्ट, ड्राईभिङ । यी सेक्टरहरुमा दक्ष जनशक्ति तयार गर्ने । त्यसमा पनि महिलाहरुलाई कसरी सहभागी गराउन सकिन्छ ? भन्ने हिसावले हामीले महिलाहरुका लागि रोजगारीको तालिम संचालन गरेका हौँ । उहाँहरुले लाईसेन्स प्राप्त गरिसकेपछि पर्यटकीय वाहनहरु चलाउनु हुनेछ । र, पर्यटकहरुलाई गुणस्तरीय सेवा दिनुहुनेछ भन्ने आशा राखेका छौ ।”

यसैबिच तालिममा सहभागी प्रशिक्षार्थीहरुले सवारी चालक तालिममा सहभागी हुन पाएको खुशी व्यक्त गरेका छन् । भक्तपुरबाट सहभागी भएकी जुनु शाहले उक्त तालिमले आफूहरुलाई दक्ष बनाउने विश्वास व्यक्त गर्दै आयोजक संस्थाहरु प्रति आभार व्यक्त गरिन् ।

उनले भनिन्, “चालक र सहचालक क्षेत्रमा चाहना र रुचि भएको व्यक्ति हुँ म । र मैले धेरै पटक लाईसेन्स लिनका लागि प्रयास पनि गरेको हो । त्यसमा असफल भए म । यस पटक म आफूलाई दक्ष बनाउँछु भनेर आएको छु । तालिममा सहभागी हुनु अवसर दिने भएकोमा धन्यवाद दिन चाहन्छु ।”

परियोजनाले नेपाल पर्यटक यातायात व्यवसाय संघसँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो । ३० दिनसम्म चल्ने तालिममा देशका विभिन्न भागमा ३८ जना महिलाहरु सहभागी भएका छन् । पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउनका लागि महिलाहरुको दक्षता अभिवृद्धि गर्न उक्त तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको पनि दिगो पर्यटन परियोजनाले जनाएको छ ।