२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानिय जनप्रतिनिधिसंग नेपाली कांग्रेस, भक्तपुरको बोडेमा प्रशिक्षण सुरु



अ+ अ-

काठमाडौं । पार्टीबाट स्थानीय तहमा उम्मेदवार भई विजयी भएका प्रमुख र उपप्रमुखलाई नेपाली कांग्रेसले प्रशिक्षण सुरू गरेको छ।

शुक्रबारदेखी भक्तपुरको बोडेमा सुरू भएको प्रशिक्षण कार्यक्रम शनिबार सकिनेछ। पार्टीबाट उम्मेदवार भई जिल्ला समन्वय समिति र गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेकाहरूलाई कांग्रेसले प्रशिक्षण दिएको हो।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता सहभागी छन्।

प्रशिक्षणमा सहभागी भएकाहरूलाई कांग्रेसले जनमुखी काम गर्न आग्रह गरेको छ।